काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला गरिएको छ । लामो समयदेखि बन्द रहेको मन्दिर खुलेसँगै बिहानैदेखि श्रद्धालुको भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार हाल भक्तजनहरुलाई पश्चिमतर्फको सानो ढोकाबाट प्रवेश गराउने र पश्चिमतर्फकै ठूलो ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ…