काठमाडौं । चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको मृत्यु भएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस राख्ने क्रममा खस्दा एक जनाको ज्यान गएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार…