सुनसरी, बैशाख १५ । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या वृद्धि भएको छ । आरक्षमा यो बर्ष ५७ वटा अर्ना थपिएका छन् । आरक्ष कार्यालयले बुधबार गणना प्रतिवेदन सार्वजनिक गर्दै यसअघि ४४१ वटाको संख्यामा रहेको अर्नाको संख्यामा वृद्धि भएर ४९८ पुगेको जनाएको छ । आरक्षमा भाले अर्ना २२१ वटा र पोथी १६२ वटा रहेका…