काठमाडौं । नेकपा एमालेका नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको केही दिनदेखि गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । नेता थापाको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर काम गर्नुभएको थियो ।…