काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेको बृहत् नागरिक आन्दोलनले मंगलवार विरोध प्रदर्शन गर्ने भएको छ । आज शोभा भगवतीमा दिउँसो २ बजे विरोधका कार्यक्रम राखिएको बृहत् नागरिक आन्दोलनले जानकारी दिएको छ । सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले शहादत प्राप्त गरेको स्थानमा प्रतिगमनविरुद्ध प्रतिरोध कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।…