काठमाडौं, जेठ २३ । नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाएको छ । सेनाको नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार सैनिक मूख्यालय जंगी अड्डामा गर्नुभएको पत्रकार सम्मेलनमा सेनापति थापाले यस्तो बताउनु भएको हो । देशमा विकसित राजनीतिक परिस्थिति संवैधानिक तरिकाले नै समाधान होस भन्ने चाहेको भन्दै…