काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गर्नुभएको हो । जोशीको तस्वीराङ्कित १० रुपैयाँको हुलाक टिकट १० लाख थान छापिएको हुलाक…