काठमाडौं । आजदेखि जथाभावी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ । बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै सडक खन्न रोक लगाइएको हो ।…