काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत युताकाले बधाई एवं शुभकामना दिनुभएको थियो । त्यसक्रममा, राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि हस्तान्तरण गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री देउवाले…