वर्षाले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा समस्या • Image Khabar Image Khabar


वर्षाले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा समस्या


Imagekhabar
७ श्रावण २०७८, बिहीबार १३:२५

वर्षाले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा समस्या

म्याग्दी । वर्र्षाका कारण बेनी–जोमसोम सडकमा पहिरो गएपछि सवारी साधन अवरुद्ध हुँदा कोरोनाविरुद्धको खोपको ढुवानी गर्न समस्या भएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।

देशभर खोप अभियान चलिरहेका बेला मुस्ताङमा समयमा नै खोप नपुग्दा तोकिएको भन्दा एक दुई दिन तलमाथि पारेर खोप अभियान सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्