वीरगञ्ज । वीरगञ्जको घण्टाघरबाट उत्तरतर्फ रहेको वीपी उद्यानको जग्गामा पार्किङ स्थल ठेक्का नदिन अदालतले अन्तरिम आदेश गरेको छ । उद्यानका लागि छट्याइएको जग्गामा पार्किङ स्थल निर्माणविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले शुक्रबार यस्तो आदेश दिएको हो । अदालतले जग्गामा वीपी उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिने काम…