भैरहवा । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय सच्याउन अखिल नेपाल किसान महासंघ भैरहवाले माग गरेको छ । राजनीतिक प्रतिशोध लिने मनसायले गरिएको सरकारको निर्णयले भूमिहीनलाई अन्याय गरेको भन्दै उनीहरूले निर्णय सच्याउन माग गरेका हुन् । महासंघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै भूमिहीन फेरि जमिन पाउने अधिकारबाट वञ्चित हुन…