काठमाडौं, बैशाख १९ । छिमेकी देश भारतमा कोरोना संक्रमण भयावह बनेसँगै त्यसको असर सिमामा खटिएका सुरक्षा संयन्त्रमा परेको छ । भारतसँगको सीमा जोडिएका नाकाहरुमा खटिएका सशस्त्र प्रहरी बलमा कोभिड संक्रमणको जोखिम बढेको छ । कामको सिलसिलामा भारतबाट स्वेदेश फर्किएका ६० प्रतिशत नेपालीमा संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सीधा सम्पर्कमा आएका सुरक्षा संयन्त्र जोखिममा परेका हुन् ।…