Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


कोरोना नियन्त्रणको लागि ७ दिनभित्र कार्ययोजना ल्याउन सर्वोच्चको आदेश

काठमाडौं, जेठ ३ । सर्वोच्च अदालतले नागरिकको जीवनरक्षाको लागि ७ दिनभित्र कार्ययोजना बनाएर काम गर्न सरकारको नाममा आदेश जारि गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रत्येक १५ दिनमा अदालतमा प्रगति विवरण बुझाउन आदेश गरेको हो । सर्वोच्चको आदेशमा महामारीको अवस्था समाप्त नभएसम्म कार्ययोजना बमोजिम गरेका कामकारबाहीको…