Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कालिज पालनमा सेवा निवृत्त फौजी, सात महिनामै मनग्य आम्दानी

ध्रुबसागर शर्माम्याग्दी । १७ वर्ष भारतीय सेनामा बन्दुक बोकेर सेवानिवृत्त भइ गाउँ फर्किएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नविन घिमिरेको दैनिका आज पनि उस्तै व्यस्त छ । दिनभर तालिम र दौडले चलिरहेको फौजीको ज्यान नेपाल फर्किएपछि बसिरहन मात्र किन मान्थ्यो र ! काम गरिरहने स्वभावका घिमिरे गाउँ फर्किएसँगै घिमिरेले कालिज पालन सुरु गर्ने योजना बनाउनुभयो ।…