काठमाडौं, असोज २६ । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको छ । दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको हो । मंगलबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको हो । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका…