म्याग्दी, कार्तिक १ । आइतबार रातीदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरोले बेनी-जोमसोम सडक खण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जान लागेका र मुस्ताङबाट फर्कदै गरेका यात्रुहरुबीच बाटोमा नै अलपत्र परेका छन् । म्याग्दी लगाएत धौलागिरि क्षेत्रमा पनि भीषण वर्षा भएको छ ।…