काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । गण्डकी प्रदेशको बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । म्याग्दीको बेनी गाउँपालिका–४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा राजमार्ग अवरुद्ध भएको केन्द्रले जनाएको छ । सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा…