काठमाडौं । हेटौँडाको नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बसमा सवार दुई पुरुषको मृत्यु भएको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट गएको ट्रकले ठककर दिदा दुर्घटना भएको…