काठमाडौं, असार १८ । मनसुन सुरु भएको १६ दिनमा बाढी पहिरोमा परेर २७ जनाको मृत्यु भएको छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढी पहिरो र भारी वर्षाका कारण १४४ घटनामा २७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । मनसुनका कारण हालसम्म ३६ जिल्ला बढी प्रभावित भएका छन्…