
काठमाडौं, कात्तिक २६ । नेपाल बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्न सर्वोच्च अदालत परिसरमा पुगेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कानून व्यवसायीको विरोध गर्दै प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन् ।
बारका वकीलहरुले प्रधानन्यायधीशलाई अदालत प्रवेशमा बन्देज लगाउने धर्ना गरिरहँदा उनीहरु त्यहाँ आएर प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए ।
उनीहरुले ‘कालोकोटे मुर्दावाद’, ‘प्रधानन्यायाधीश जिन्दावाद’ जस्ता नारा लगाएपछि आन्दोलित वकीलहरु उनीहरुमाथि जाइलागेका थिए ।
प्रतिक्रिया दिनुहोस्