काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिनुभएको छ । बुधबार बिहान बुढानिलण्ठस्थित देउवा निवासमा पुगेरै राजदूत क्वात्राले आफ्नो देश भारत र आफ्ना तर्फबाट बधाई दिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग…