काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले ३ हजार १ सय २५ पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले कोरोना महामारीको मारमा परेका पर्वतारोहीहरूका लागि मित्रतास्वरूप उपहार प्रदान गरिएको बताउनुभयो । अध्यक्ष लामाले ढिलै भए पनि पर्यटन मजदुरका लागि भइरहेको सहयोगले उनीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।…