५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा


130
Shares

काठमाडौं । फागुन १७ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ ।

कोषले आइतबार पत्रकार सम्मेलन गरी पर्वलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न तयारी पूरा भएको जनाएको हो ।

सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाई, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको कोषले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न कोषले आग्रह गरेको छ । गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।

मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ । शिवरात्रिको दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकावासीलाई पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेको छ ।

मालवाहक सवारीसाधन, बस, माइक्रोबस तथा ट्याम्पोलगायत सवारीसाधनलाई सिफलचौर, जोरपाटी, चाबहिल र सिनामङ्गलभन्दा अगाडि सञ्चालनमा रोक लगाइएको जानकारी कोषले जनाएको छ ।