Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


भोटेकोशी बाढीको एक महिना : अझै ५ हजार बढी सम्पर्कविहीन


78
Shares

काठमाडौं ।

भोटेकोशी नदीमा विनासकारी बाढी आएको आज एक महिना बितेको छ। बिनासकारी बाढीबाट हाल सम्म १ हजार ४ सय ५१ जनाको शव भेटिएको छ भने अझै ५ हजार २ सय ८५ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ। उपचारका क्रममा दुई जनाको मत्यु भएको छ ।

हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ। बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ ।

पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ । बाढीले ७ हजार ५ सय ७० निजी घर, ६९ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

३३ वटा मोटरेबल पुल बगेका छन् । जलविद्युत् आयोजना, विद्यालय, स्वास्थ्य संस्था, कृषि तथा व्यापारिक प्रतिष्ठानसमेत प्रभावित भएका छन् ।

Skip This