काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको हो । केही नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियातर्फ गईरहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १५ जना पोल्याण्ड, ३ जना स्लोभाकिया, २…