चन्द्रौटा । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका ६० जना नयाँ बिरामी थपिएका छन् । पछिल्लो पाँच दिन अघिदेखि सुरु भएको झाडापखालाको प्रकोपमा बिहीबार ६० जना थपिएका हुन् । उनीहरूलाई स्थानीय अस्पताल र विद्यालयमा राखेर उपचार भइरहेको छ । बिरामीमध्ये दुई जनालाई स्थानीय शिवराज अस्पतालमा उपचार सम्भव नभएपछि सदरमुकामका अस्पतालमा रिफर गरिएको छ । ८६ जनालाई भने…