काठमाडौं । झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक १९ वर्षीय किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ करेलाका रमेश लिम्बु रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।…