सौताको हत्यामा संलग्न आरोपित महरा कारागार चलान « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


सौताको हत्यामा संलग्न आरोपित महरा कारागार चलान


819
Shares

बैतडी । सौताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लागाउँकी ५५ वर्षीया नारु महरालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत बैतडीले महरालाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन् । त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ पछि उनले हत्यामा आफ्नो संलग्नता रहेको समेत स्वीकारेको प्रहरीले जनाएको छ ।

मृतक चन्द्राको घाँटी र मुखमा चोट थियो । नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनीहरूको श्रीमान्को यसअघि नै मृत्यु भइसकेको छ । नारुका कुनै सन्तान छैनन् भने मृतक चन्द्राका एक छोरा र एक छोरी छन् ।