१ असार २०८१, शनिबार | Sat Jun 15 2024


जलवायू परिवर्तन सम्बन्धी घोषणापत्र जारी गर्न ४० महिलाको टोली खुम्बु प्रवेश


65
Shares

सोलुखुम्बु । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ ४० जना महिलाको टोली पदयात्राका लागि खुम्बु प्रवेश गरेको छ ।

आगामी फागुन २४ अर्थात मार्च ८ तारिखमा मनाइने अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने योजनासहित काठमाडौंबाट टोली खुम्बुको नाम्चे बजार पुगेको हो ।

टोलीमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहित विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको सहभागीता रहेको आयोजक ‘साथसाथै’ की अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो ।

जलवायू परिर्वतन सम्बन्धी घोषणापत्र जारी गर्ने तयारीका साथ आयोजित कार्यक्रममा मार्च ८ तारिखका दिन काठमाडौंबाट अन्य व्यक्तिहरू हेलिकप्टरमार्फत कालापत्थर पुग्ने जनाइएको छ ।

कालपत्थरमा पुगेर जलवायु परिवर्तनले विशेषगरी महिला जनजीवनमा पारेको प्रभाव र महिला न्यायका विषयमा विश्वलाई ध्यानाकर्षण गराउन घोषणापत्र समेत जारी गर्ने तयारी रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।