३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


धनकुटामा एभोकाडो गणना


169
Shares

धनकुटा । तीन वर्षअघि एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटामा एभोकाडो गणना थालिएको छ ।

धनकुटा नगरपालिकाले आफ्ना दश वटै वडामा कर्मचारी खटाएर एभोकाडो सम्बन्धी विस्तृत विवरण संकलन थालेको हो ।

नगरपालिकाले एभोकाडोको संख्या, नर्सरी, खेतीको क्षेत्रफल, जात, गुणस्तर, विरुवा, फल उत्पादन, उत्पादन अवधि, बिक्रिबाट हुने आम्दानी, खेती हुनसक्ने क्षेत्र, रोग तथा खेती प्रविधिको अवस्थाबारे विवरण संकलन गर्नेछ ।

गणनापछि एभोकाडो खेती हेर्ने छुट्टै विशेषज्ञ र प्राविधिकको व्यवस्था, खेती विस्तार र प्रवर्द्धन तथा प्रशोधन उद्योग स्थापनाका लागि योजना बनाइने धनकुुटा नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय धनकुटामा एभोकाडो खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । यस्तै, सुन्तला खेती मासिँदै गएका स्थानका किसानसमेत एभोकाडो खेतीतर्फ आकर्षित भएका छन् ।