Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्याय बैंकिङ कसूरमा पक्राउ

काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्यायलाई पक्राउ परेको हो । उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले जनाएको छ । अंगद खड्काको जाहेरीपछि प्रहरीद्ये उपाध्यायको खोजी गरिरहेको थियो ।