करिब २ हजार प्रहरी कारबाहीमा « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


करिब २ हजार प्रहरी कारबाहीमा


2.379k
Shares

काठमाडाैं । करिब २ हजार प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरूमा प्रहरी नायब उपरीक्षक ४, प्रहरी निरीक्षक ३२, प्रहरी नायब निरीक्षक ९२, प्रहरी सहायक निरीक्षक १ सय ५३, प्रहरी हवल्दार ५ सय ६, प्रहरी जवान ११ सय ६३ र कार्यालय सहायक २५ जना रहेका छन् ।

२०७७ साउन १ गतेदेखि २०७८ असार ३१ गते सम्म १९ सय ८२ जना प्रहरी कर्मचारीमाथि कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विभिन्न श्रोतबाट आएका उजुरी र विभागीय मर्यादा विपरीत काम गरेकाहरूलाई कारबाही गरिएको प्रहरीकाे भनाइ छ । यीमध्ये कतिपयलाई बर्खास्त, तलब र बढुवा रोक्का गरी कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाएको छ ।

तर, माथिल्लो दर्जामा रहेकाहरूलाई भने सजाय दिने र सचेत मात्रै गराउने गरेको पाइएको छ । २०७८ सालको साउनदेखि फागुन मसान्तसम्म थप १२ सय २८ जनालाई विभिन्न खालको कारबाही गरिएको छ ।

४ प्रहरी नायव निरीक्षकसहित ६३ जनालाई भविष्यमा अयोग्य नठहरिने गरी जागिरबाट बर्खास्त गरिएको छ भने ५ जनालाई जागिरमा अयोग्य ठहरिने गरी निकालिएको छ ।

कारबाहीमा पर्नेमा प्रहरी हवल्दार र जवानको संख्या ठूलो छ । प्रहरी संगठन राजहाँस भएमात्र जनताका लागि न्यायको ढोका खुल्न सक्छ ।

आचरणमा प्रश्न उठेर यतिका विधि प्रहरी कारबाहीमा पर्नु आफैंमा ठूलो परिघटना हो । प्रहरीका ठूला हाकिम उम्किने, साना चेपुवामा पारिने दृष्टान्तले संगठनभित्र शुद्धिकरण अपरिहार्य देखिन्छ ।

कम्तिमा नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी लिने निकायमा काम गर्ने जनशक्तिको आत्मबल उच्च भने हुनैपर्छ ।