काठमाडौं । काठमाडौं उपत्यकाको तीन वटा जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध आज शनिबारदेखि हटाइएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले शुक्रबार एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको हो । पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएकोले आज शनिबारदेखि…