काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेकोछ ।
आज (शुक्रवार) महानगरपालिकाले पाटन दरवार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाका कारण सफल हुन नसकेको बताउनुभयो ।
उहाँले आजदेखि लागूहुने गरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना तिराउने बताउनुभयो। जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
मेयर महर्जनले सरकारले विभिन्न कानून तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापर्बाही नगरि कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्