घरको छतबाट लडेर एक पुरुषको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


घरको छतबाट लडेर एक पुरुषको मृत्यु


२० फाल्गुन २०७८, शुक्रबार १४:३५

832
Shares

काठमाडौं । कपिलवस्तुमा घरको छतबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–५ बस्ने उत्तम चौधरीको घरको छतबाट लडेर सोही घरमा बस्दै आएका दाङ लमही नगरपालिका–२ नर्थीका ४६ वर्षीय काशीराम चौधरीको बिहीबार राति मृत्यु भएको छ ।

बुधबार छतबाट लडेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।