Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


दैलेखमा चट्याङ लागेर एक महिला घाइते


403
Shares

काठमाडाैं । चट्याङ लागेर दैलेखमा एक महिला गम्भीर घाइते भएकी छन् ।

दैलेखकाे आठबिस नगरपालिका वडा नम्बर ७ स्थित राजेन्द्र सुनारको घरमा चट्याङ पर्दा घरमा रहेको एक भैँसी मरेको छ भने घरमै बसिरहेकी दुर्गा सुनार घाइते भएकी छन्।

स्थानीयका अनुसार चट्याङ अचानक परेपछि घरभित्र रहेका पशु तथा व्यक्तिमा क्षति पुगेको हो। घटनापछि स्थानीयवासीले पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Skip This