काठमाडौं । यस वर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रूपमा सकिएको छ । नेपालमा हिमाल पारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ । चौबिस जिल्लामा शतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ । नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ । यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ ।…