काठमाडौं । काठमाडौंको गौशाला चोकमा बुधवार बिहान एउटै नम्बरका दुइवटा मोटरसाइकल देखिएपछि सामाजिक सञ्जालमा दिनभर यसले निकै चर्चा कमाएको छ । बुधवार बिहान गौशालामा ट्राफिक जाममा एउटै नम्बरका दुइवटा मोटर साइकल देखिएका थिए । ट्राफिक जाममा रोकिएका बेला एकजनाले अचम्म मान्दै फोटो खिचेर सामाजिक सञ्जालमा राखेका थिए । यो अहिले सबैतिर भाइरल भएको छ ।…