पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको बताए ।

उनले भने,’ नेपाललाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारकाे टाेलीले पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद भएकाे थियाे।’