नवलपुर । चौधरी उद्योग ग्रामले २ हजार मजदुरको स्वास्थ्य परीक्षणका लागि शिविर सञ्चालन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको दुम्कौलीस्थित चौधरी ग्राममा कार्यरत मजदुरहरूका लागि स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो । आफ्ना मजदुरहरूमा स्वास्थ्य अवस्था जानकारी लिने र उनीहरूको स्वास्थ्यमा ध्यान शिविर सञ्चालन गरिएको उद्योगका महाप्रबन्धक खड्ग पौडेलले जानकारी दिनुभयो ।…