सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध


195
Shares

काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध भएकाे छ ।

निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। पछिल्ला केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले हवाई उडान निरन्तर अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगम ताप्लेजुङले जनाएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो।

मौसममा सुधार नआएसम्म हवाई उडान सम्भव नभएको निगमले जनाएको छ। साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ। लामो समयसम्म हवाई उडान अवरुद्ध हुँदा प्रत्यक्ष रूपमा असर यात्रुलाई परेको छ।