काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ। आज (सोमबार) बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रही लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, पहाडी भू-भाग र…