काठमाडौं । बेलायतले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो । नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा सोह्रौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीको नमस्कार मुद्रासहित घुँडा…