
पोखरा । पोखरा पर्यटन परिषद्ले आयोजना गर्दै आएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका – २५ हेम्जामा हुने भएको छ ।
पोखरा -२५ टमाइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औं असारे महोत्सव गर्न लागेका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्ण बहादुर कुबर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाइँ महोत्सव हुने छ ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताउनुभयो । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदाई हुने उहाँले बताउनुभयो ।
उहाँले खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको बताउनुभयो । रोपाइँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
रापाइँ महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगाएतका कार्यक्रमहरु हुने १७ आंै असारे रोपाइँ महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
साउने प्रतियोगिता, असारे रोपाइँ र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमस ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न करिब २४ लाख ५० हजार खर्च लाग्ने आयोजक अनुमान छ । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्