काठमाडाें । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरेकी 3३वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पनि प्रदर्शन जारी रहेकाे जनाएकाे हाे । बुधबार पनि बिहानदेखि प्रदर्शन गरिएको थियो । पीडित परिवार तथा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन् ।
प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सडक अवरुद्ध हुँदा वीरगन्ज–पथलैयाखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेकाे प्रहरीले बताएकाे हाे। गत साउन ३१ गतेदेखि बेपत्ता भएकी ३ वर्षीया गरिमाको हत्या सोही दिन भएको खुलेको प्रहरीले जनाएको छ।
साेही घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हाे ।









प्रतिक्रिया दिनुहोस्