Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


0
Shares

काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले नेपाली सेनाका पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएकाे छ ।

जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई उपरथी दर्जामा पदोन्नति भएपछि दर्ज्यानी चिह्न प्रदान गर्नुभएकाे हाे । पहाडीलाई गत साउन २६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति गरिएको थियो।

यस्तै, प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी डा.इन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गर्नुभयाे ।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका सैनिक अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।