सिन्धुली । लगातारको अविरल वर्षाका कारण सिन्धुलीमा वीपी र मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडकमा यातायातका साधनहरुको आवागमन अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैबारस्थित अक्करेभीरमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६३ किलोमिटर सडक खण्ड अवरुद्ध भएको छ । वीपी राजमार्गको सिन्धुली–नेपालथोक सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।…