सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते


1.859k
Shares

काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन् ।

सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय र नगर प्रहरीवीच झडप भएको थियो । झडपमा परेर महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका हुन् ।

महानगरपालिकाले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका थिए । बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका थिए । बिकल्प बिनानै बस्ती हटाउन खोजेको भन्दै स्थानीयले विरोधमा उत्रिएर टायर बालेर प्रदर्शनसहित गर्नुका साथै महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए । एकीकृत बागमती सभ्यता विकास समितिले यही मंसिर ४ गते सम्म बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका अनधिकृत घर टहरा भत्काउँन समयसीमा दिएको थियो । निर्वाचन सकिए लगत्तै समिति र महानगरको टोली अनधिकृत संरचना भत्काउँन बस्तीमा पुगेको हो ।