सामान्यतया आज मौसम सफा हुने « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


सामान्यतया आज मौसम सफा हुने


78
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज (सोमबार) बिहान देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । साथै अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

सोमबार राति भने प्रदेश-१ र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।